भेनेजुएलामा अमेरिकी सेनाले छापामार शैलीमा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई जबरजस्ती उठाएर लगेको केही दिनपछि द न्यूयोर्क टाइम्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अन्तर्वार्ता लिएको थियो।
उक्त अन्तर्वार्ताका क्रममा डोनाल्ड ट्रम्पले घोषणा गरिदिए — मलाई अन्तर्राष्ट्रिय कानुन चाहिँदैन!
डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय कानुन भनेर संकेत गरेको विषय सिधै संयुक्त राष्ट्र संघको बडापत्र बुझिन्छ। विश्वका सबै मुलुकले स्वीकार गरेको राष्ट्र संघको बडापत्र सामान्यतः अन्तर्राष्ट्रिय कानुनका रूपमा लिइन्छ।
अमेरिकाले पछिल्लो समय सबै कुरामा सीमा नाघेको भनेर विश्वभर आलोचना भइरहेको छ। अमेरिकाको आलोचना अमेरिकाभित्रै पनि निकै व्यापक हुने गरेको छ।
अमेरिकाले आफ्नो निर्देशन नमान्ने अथवा आफ्नो गठबन्धनमा सहभागी नहुने राष्ट्रमाथि प्रभुत्व लाद्ने गरेका उदाहरण धेरै छन्। इराक, अफगानिस्तान, प्यालेस्टाइन, सिरिया लगायत मुलुकलाई खण्डहर बनाउने मुख्य भूमिका अमेरिकाले नै निर्वाह गरिरहेको छ।
प्रतिक्रियाहरू (0)