धनकुटाको महालक्ष्मी नगरपालिका दुईमा रहेको श्री शारदा माध्यमिक विद्यालयमा १२ लाख बराबरको अक्षयकोष स्थापना भएको छ । विद्यालयको ६३ औ वार्षिक उत्सवको अवसर पारेर १३ जना सहयोगदाताले १२ लाख ६ हजार ६ सय ४३ रुपैयाँ अक्षयकोष स्थापनाको लागि सहयोग गर्नु भएको हो । लीला बहादुर कृष्णमाया कटुवाल अक्षयकोषको लागि सिताराम कटुवाल र भोलानाथ कटुवालले दुई लाख २५ हजार पाँच सय ५५, तारासी मनमाया स्मृति अक्षयकोषको लागि गणेश कटुवालले दुई लाख २२ हजार दुई सय २२, तारा गङ्गा बुढाथोकी अक्षयकोषका लागि धन बहादुर बुढाथोकी ‘रबिन‘ले दुई लाख ८२ रुपैयाँ हस्तान्तरण गर्नु भयो । त्यस्तै प्रेम पूर्ण विष्णु लाया अक्षयकोषको लागि विष्णु लाया मगरले एक लाख एक हजार एक सय ११, भीम लाख प्रकृति रखाल शैक्षिक सुधार अक्षयकोषको लागि महालक्ष्मी नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष तथा सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम रखाल मगरले एक लाख एक सय ११ रुपैयाँ विद्यालयलाई हस्तान्तरण गर्नु भएको विद्यालयका प्रधानाध्यापक गुरु बरालले जानकारी दिनुभयो ।
त्यस्तै अण बहादुर तेलीमाया अक्षयकोषको लागि मदन राय र भूमिका राय तथा भेद बहादुर राधिका स्मृति अक्षयकोषको लागि नर बहादुर बानियाले समान ले ५५ हजार पाँच सय ५५, कुल बहादुर देवी माया स्मृति अक्षयकोषको लागि जित माया कार्की तथा वेगमाया कार्की र रुद्र बहादुर मनमाया अक्षयकोषको लागी डम्बर बहादुर कटुवालले ५१ हजार एक सय ११, जगत् बहादुर लिलमाया, झप्टीमान कटुवाल अक्षयकोषको लागि योगेन्द्र कटुवालले ५० हजार ५, पवित्रामाया भिममाया र काजीमान अक्षयकोषको लागि सोभितामान कटुवालले ३२ हजार ५०, तारावीर नरमाया थापा अक्षयकोषको लागि रोहितमान थापाले ३१ हजार एक सय २५ र लाल बहादुर नैनमाया अक्षयकोषको लागि मोहन श्रेष्ठ तथा शर्मिला श्रेष्ठले ३१ हजार १ रुपैयाँ प्रदान गर्नु भयो । अक्षयकोष वाट विपन्न जेहनदार विद्यार्थीलाई छात्रवृत्ति, विद्यालयको शैक्षिक सुधार, विद्यालयको खेलकुद गतिविधि लगायतको क्षेत्रमा खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम रखाल मगरले जानकारी दिनुभयो ।
त्यस्तै विद्यालयले ६३ औ वार्षिक उत्सवको अवसर विभिन्न कार्यक्रम गरी मनाएको छ । पालिका भित्रका विद्यालय स्तरीय नाच प्रतियोगिता, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षक सम्मान, विद्यार्थीलाई छात्रावृती तथा पुरस्कार हस्तान्तरण लगायतका कार्यक्रम आयोजना गरिएको थियो । महालक्ष्मी नगरपालिकाका प्रमुख धु्रबराज रायाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थी अभिभावक लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रियाहरू (0)