होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

धनकुटाकाे एक मतदान केन्द्र महिला कर्मचारी मात्रै

लेखक
PalikaNews
श्रेणी
समाचार
मिति
२०८२-११-०९
हेरिएको
515 पटक

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटाको एक मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाइने भएको छ । धनकुटा नगरपालिका–६ स्थित बहुउदेश्य सामुदायिक भवन आँखा अस्पताल ‘क’ मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाइन लागेको हो । 
जिल्लाका ११९ मतदानस्थलमा १६६ मतदान केन्द्र कायम गरिएका छन् । ति मध्ये यो केन्द्रमा मात्र सबै महिला कर्मचारी खटाउन लागिएको हो । निर्वाचन अधिकृतको कार्यलयका अनुसार यस केन्द्रमा मतदान अधिकृत इन्दिरा खड्का बुढाथोकी, सहायक मतदान अधिकृत निलुशा अधिकारी, सहायक कर्मचारी रिता पाण्डे, रमा ढुंगाना र अम्बिका राई खटिनुहुने छ । उक्त केन्द्रमा सहयोगी कर्मचारीको रूपमा सीता राई खटिनुहुने जनाइएको छ । अन्य मतदान केन्द्रमा भने मिश्रितरुपमा कर्मचारी खटाउने तयारी गरीएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङ्नामले जानकारी दिनुभयो । धनकुटामा यो निर्बाचनमा कुल ९ सय ९६ कर्मचारी खटाउने तयारी गरीएको छ । 
 

प्रतिक्रियाहरू (0)