होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

धनकुटामा एमाले छाडेर काँग्रेस प्रवेशको लहर

लेखक
PalikaNews
श्रेणी
राजनीति
मिति
२०८२-११-१८
हेरिएको
404 पटक

 

धनकुटा, फागुन १८ गते । नेकपा एमाले परित्याग गरी धनकुटामा सयौँ एमाले कार्यकर्ता नेपाली काँग्रेस प्रवेश गरेका छन् ।  सोमवार छथर जोरपाटी छथर जोरपाटी गाउँपालि कमिटी सदस्य विजय प्रकाश लिम्बु सहितका युवाहरू काँग्रेसमा प्रवेश गरेका हुन् । चुनावी अभियान अन्तर्गत आयोजित कार्यक्रममा पूर्व मन्त्री, नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा राष्ट्रिय सभा सदस्य सुनिलबहादुर थापाले  लिम्बु सहित युवाहरू काँग्रेसमा प्रवेश गराउनु भएको हो । थापाले प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसका उम्मेदवार दिनेश राईलाई विजयी गराउन सबै तहका कार्यकर्ता र युवालाई सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो ।

    काँग्रेस प्रवेश गर्ने युवाहरूले जिल्लाको विकास र स्थायित्वका लागि आफूहरूले विचार परिवर्तन गरेको बताएका छन् ।  उनीहरूले धनकुटामा परिवर्तन, पारदर्शिता र अवसर सिर्जनाका लागि काँग्रेससँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै साेमवारनै धनकुटा नगरपालिका वडा नम्वर तिनमा पनि दर्जनाै युवा एमाले परित्याग गरी नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् ।

     धनकुटाको धनकुटा नगरपालिका वडा नम्बर ८ र पाख्रिवास नगरपालिका वडा नम्बर ३ मा शनिवार र आइतबार सयौँ एमाले कार्यकर्ता पाटी परित्याग गरी काँग्रेस प्रवेश गरेका थिए । नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले नवप्रबेशीले आफूलाई विजयी गराउने महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । 


 

प्रतिक्रियाहरू (0)