होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

पूर्व विद्यार्थी द्वारा महत्त्वपूर्ण योगदान पुर्‍याउने ब्याक्तिलाई सम्मानित तथा पुरस्कृत

लेखक
PalikaNews
श्रेणी
विविध
मिति
२०८२-१०-२०
हेरिएको
399 पटक


धनकुटा, माघ २० गते । विद्यालयको वार्षिक उत्सवको अवसर पारेर पूर्व विद्यार्थीले छात्राबृत्ती कोष तथा विद्यालयमा महत्वपूर्ण योगदान पु¥याउने ब्याक्तिलाई सम्मानित तथा पुरस्कृत गर्नु भएको छ । 
धनकुटाको चौबिसे गाउँपालिका ४ फलामेटारमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयका पूर्व विद्यार्थी पदम बहादुर बस्नेतले सोही विद्यालयमा ५१ हजार रुपैयाँको पदम बहादुर बस्नेत छात्राबृत्ती कोष स्थापना गर्नु भएको हो । हाल अमेरिकामा बसोबास गरिरहनु भएका बस्नेतले अहिले सम्म विद्यालयमा महत्त्वपूर्ण योगदान पु¥याउनु भएको पाँच ब्याक्तिलाई पाँच पाँच हजार रुपैयाँ नगद सहित सम्मान समेत गर्नु भएको छ । 
   सम्मानित हुनेमा विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बहादुर भण्डारी, पूर्व शिक्षक लोकेन्द्र भण्डारी, स्थानीय युवा विनोद भण्डारी, पूर्व शिक्षक कान्तीनाथ खतिवडा, र वर्तमान प्रधानाध्यापक हेमचन्द्र विश्वकर्मालाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन भण्डारीले जानकारी दिनुभयो । बस्नेतले अक्षयकोष, पुरस्कार तथा कार्यक्रम खर्च गरी करिब एक लाख रुपैयाँ सहयोग गर्नु भएको उहाँको भनाई छ । पुरस्कार तथा छात्राबृत्ती कोषको रकम बस्नेतका बुवा टिकाराम बस्नेत तथा श्रीमती निर्मला थापा बस्नेतले हस्तान्तरण गर्नु भयो । बस्नेत परिवारले यो कार्य विद्यालय तथा विद्यार्थीलाई हौसला प्रदान गर्न गरिएकोले बर्सेनि गरिने जानकारी दिनुभयो । 
२०४४ सालमा स्थापना गरिएको विद्यालयले आफ्नो ३६ औ स्थापना दिवस समेत मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा चौबिसे गाउँपालिकाका प्रमुख राजकुमार चेम्जोङले बन्द हुन लागेको विद्यालय आज माध्यमिक तह सम्म सञ्चालन हुन लागेकोमा खुसी ब्यक्त गर्नु भयो । विद्यालयलाई पालिका मार्फत सहयोग गरिरहेको र गरिरहने प्रतिबद्धता समेत जनाउनु भयो ।

 

प्रतिक्रियाहरू (0)