काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी क्षमता अभिवृद्धि तथा आन्तरिक प्रशिक्षण कार्यक्रम सुरू गरेको छ।
बुधबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका एआईजी ईश्वर कार्कीले क्षमता अभिवृद्धि तालिमको उद्घाटन गरेका छन्। तालिम उद्घाटन गर्दै एआईजी कार्कीले साधन र स्रोतको अभावमा पनि ट्राफिक प्रहरी नियम पालना गराउन प्रतिबद्ध भएर लागिपरेको बताए।
‘जेनजी प्रदर्शनमा आगजनी र तोडफोड भएपछि साधन स्रोत बिहिन भएको ट्राफिक प्रहरी नियम पालना गराउन प्रतिबद्ध भएर सड्क खटिएको छ,’ उनले भने।
ट्राफिक प्रहरी अभावको बिचमा पनि सडकमा उपस्थित भएर नियम पालना गराउन कटिबद्ध भएर लागेको कार्कीले बताए।
प्रतिक्रियाहरू (0)