होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

६ महिनामा १० खर्ब ८१ अर्बको अन्तर्राष्ट्रिय व्यापार, यस्तो छ आयात-निर्यात विवरण

लेखक
PalikaNews
श्रेणी
आर्थिक
मिति
२०८२-१०-०८
हेरिएको
45 पटक

चालु आर्थिक वर्षको ६ महिनामा नेपालले १० खर्ब ८१ अर्ब ४ करोड रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार यो आर्थिक वर्षको सही अवधिको तुलनामा १७.३६ प्रतिशतले बढी हो। 

गत आर्थिक वर्षको सोही अवधिमा नेपालले कुल ९ खर्ब २१ अर्ब १५ करोड रूपैयाँको वैदेशिक व्यापार गरेको थियो।

चालु वर्षको ६ महिनामा आयात १४.१८ प्रतिशतले बढेको छ। यो समयमा कुल ९ खर्ब ३९ अर्ब २ करोड रूपैयाँ बराबरको सामान तथा वस्तु आयात गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ८ खर्ब २२ अर्ब ३७ करोड रूपैयाँ बराबरको सामान तथा वस्तु आयात गरेको थियो।

चालु वर्षको ६ महिनामा निर्यात ४३.७६ प्रतिशतले बढेको छ।

प्रतिक्रियाहरू (0)