बुधबार नेप्सेमा करेक्सन आएको छ।
गत चार दिनदेखि बढ्ने क्रममा रहेको नेप्सेमा लगानीकर्ताले नाफा बुक गर्दा करेक्सन आएको हो।
नेप्से ९.४३ अंकले घटेर २७०५.३८ विन्दुमा बन्द भएको हो।
बुधबार नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
अघिल्लो कारोबार दिन ११ अर्ब ८५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम घटेर ८ अर्ब ९२ करोड रूपैयाँमा झरेको छ।
यसदिन ३२४ वटा धितोपत्रको दुई करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ८२ कम्पनीको सेयरमूल्य बढेको छ भने १७४ वटाको घटेको छ। यस्तै, तीन कम्पनी स्थिर छन्।
प्रतिक्रियाहरू (0)