अमेरिकी राष्ट्रपति चढ्ने विमान 'एयरफोर्स वान' मा समस्या देखिएपछि उडेको केही बेरमै वासिङ्टन फर्किएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्प स्वीटजरल्याण्डमा बुधबारदेखि सुरू हुने वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन मंगलबार राति वासिङ्टनबाट डाभोस उडेका थिए।
उडेको केही बेरमै एयरफोर्स वानमा सामान्य प्राविधिक समस्या देखिएपछि विमान वासिङ्टन फर्काइएको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।
विमान उडेपछि क्याबिनका बत्तीहरू काम नगरेपछि फर्काएर पुनः वासिङ्टननजिककै ज्वाइन्ट बेस एन्ड्र्युजमा अवतरण गराइएको थियो।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले विमान उडेको केही बेरमै समस्या पहिचान भएपछि सावधानीका लागि चालकदलले जोइन्ट बेस एन्ड्र्युजमा फर्काइएको हो।
यद्यपि उडानको कति समयपछि वाशिङ्टन फर्किएको भनेर ह्वाइट हाउसले खुलाएको छैन।
प्रतिक्रियाहरू (0)