धनकुटा, माघ ९ गते । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधिसभा निर्वाचनका लागि १७ उम्मेदवार कायम भएको छ । स्वतन्त्र उम्मेदवारी दिनु भएका गङ्गाराम गोम्देनले उम्मेदवारी फिर्ता लिए पछि १७ उम्मेदवार कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ । धनकुटामा १४ पाटीका र ४ स्वतन्त्र गरी कुल १८ उमेद्वारको उम्मेदवारी मनोनयन दर्ता भएको थियो ।
त्यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले स्वतन्त्र तिन उमेद्वारलाई चुनाव चिन्ह समेत प्रदान गरेको छ । स्वतन्त्र उम्मेदवार लाक्पा तामाङले जिप, जितेन्द्र राईले आँप र मनकुमार योन्जनले ढिकी चुनाव चिन्ह प्राप्त गर्नु मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी इन्द्रकुमार योङहाङले जानकारी दिनुभयो ।
प्रतिक्रियाहरू (0)