होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

धनकुटामा बढे उम्मेदवारका अकांक्षी

लेखक
PalikaNews
श्रेणी
राजनीति
मिति
२०८२-१०-१०
हेरिएको
39 पटक

अघिल्लो निर्वाचनमा भन्दा धनकुटामा यो निर्वाचनमा उम्मेदवार अकांक्षी बढी देखिएका छन् । २०७९ सालमा ७ उम्मेदवार कायम भएकोमा यो निर्वाचनमा भने १७ जना कायम भएका हुन् । एक निर्वाचन क्षेत्र रहेको धनकुटामा १४ राजनैतिक र ४ स्वतन्त्र गरी जम्मा १८ उमेद्वारले मनोनयन दर्ता गराएका थिए । तर  एक स्वतन्त्र उम्मेदवार फिर्ता लिए पछि १७ उम्मेदवार कायम भएको सहायक निर्वाचन अधिकृत इन्द्रकुमार योङहाङले जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालय धनकुटाका अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने ७ राजनैतिक दल र दुई स्वतन्त्र गरी ९ उम्मेदवारकाे उमेद्वारी परेको थियो । जसमा दुई उम्मेदवार फिर्ता लिदा जम्मा ७ जना उम्मेदवारी कायम भएको थियो । राजनैतिक दल तथा युवाको राजनीतिमा बढ्दा आकाङ्क्षी बढेको हुन सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिक्रियाहरू (0)