होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

निर्वाचन आचारसंहिता अनुगमनमा कडाइ गर्न ७७ जिल्लामा गृहको पत्राचार

लेखक
PalikaNews
श्रेणी
समाचार
मिति
२०८२-१०-१५
हेरिएको
33 पटक

१५ माघ, काठमाडौं । निर्वाचन पूर्व र निर्वाचनको अवधिमा आचारसंहिता उल्लङ्घनका घटना रोक्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन जारी गरेको छ ।

यसअघि १३ माघमा निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रकहरूलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो ।

आचारसंहिता कार्यान्वयनको सुनिश्चितता गर्न अनुगमन अधिकृत तोकिएपछि गृहले जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरी प्राप्त जिम्मेवारी अनुरुप नियमित अनुगमन गरी प्रभावकारीरुपमा आचारसंहिता पालना गर्ने कार्य गर्न गराउनु निर्देशन जारी गरेको हो ।

यसअघि निर्वाचन आयोगले सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकहरूलाई आर्थिकसँग सम्बन्धित विषयमा फरक फरक कार्य जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४ माघदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।

आचारसंहिता लागू भएको १० दिन नबित्दै केही राजनीतिक दलबाट उम्मेदवार बनेकाहरूलाई आचारसंहिता उल्लघंनको कसुरमा निर्वाचन आयोगले स्पष्टीकरण सोधिसकेको छ ।

प्रतिक्रियाहरू (0)