धनकुटा, माघ १६ गते । धनकुटा नगरपालिका–४ अन्तर्गत छारागाउँ पिपलडाँडा स्थित भित्री सडक खण्डमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।सुक्रवार साँझ करिब ६ बजे सान्ताङबाट ठोका तर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ह ८६६९ नम्बरको अटो आफैं अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा अटो चालक धनकुटा नगरपालिका–४ बस्ने वर्ष ३८ का पञ्चलाल राई सहित ६ जना घाइते हुने भएको छ । सोही स्थान बस्ने वर्ष २७ की सपना राई, वर्ष २६ की लजु राई, वर्ष ५८ का प्रेमबहादुर राई, लजु राईकी २ वर्षीया छोरी अमिम्सा राई र लोकेन्द्र राई घाइते हुनुभएको हो । सबै घाइतेलाई जिल्ला अस्पताल धनकुटामा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उपचारपछि अटो चालक पञ्चलाल राई र प्रेमबहादुर राईलाई थप सिटी स्क्यानको लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरान रेफर गरिएको छ जिल्ला प्रहरी कार्यलय धनकुटाका सुचना अधिकारी डिएस्पी ज्ञान कुमार महतोले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको उहाको भनाई छ ।
प्रतिक्रियाहरू (0)