होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

धनकुटामा बस दुर्घटना, ६ जना घाइते

लेखक
PalikaNews
श्रेणी
विविध
मिति
२०८२-१०-१६
हेरिएको
36 पटक

कोशी लोकमार्गस्थित धनकुटाकोे छ त्रिशुलेमा यात्रुवाहक बस दुर्घटना हुदाँ छ जना घाइते भएका छन् । 

धनकुटा नगरपालिका  एक त्रिसुलेमा तेह्रथुमबाट धरानतर्फ जाँदैगरेको को. १ ख. ५१०५ नम्बरको यात्रुबस अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल पल्टिएर दुर्घटना भएको हो । घाइते हुनेहरूमा तेह्रथुमको लालीगुँरास नगरपालिका–२, बस्ने ५३ वर्षीय रेवान्तकुमार कामी, सोही स्थानका २३ वर्षीय रबिन लिम्बू, २२ वर्षीय राक लिम्बू, धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ बस्ने २८ वर्षीय मुना रुचाल, सोही ठाउँ बस्ने बालक निक्खि रुचाल र सुनसरीको धरान उपमहानगरपालिका–५ बस्ने ४७ वर्षीया चन्द्रकला लिम्बू रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।

उहाँका अनुसार बसमा सवार अन्दाजी १५ जना रहेको तीमध्ये छ जना घाइते भएको जानकारी दिनुभयो । प्रहरीचौकी हिलेबाट खटिएको प्रहरी नायब निरीक्षक चिरन्जिवी खड्काको कमान्डमा प्रहरी टोली खटिइएकाे र घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य क्लिनिकमा पठाइएको प्रहरीले जनाएको छ । 

घाइते हुनेहरूको अवस्था सामान्य रहेको छ । उनीहरूको धनकुटा–१, स्थित हिले उज्यालो सामुदायिक पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सवारी चालक सुनसरीको धरान उपमहानगरपालिका–७, बस्ने ४५ वर्षीय विष्णुु थापा प्रहरी चौकी हिलेको नियन्त्रण रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रियाहरू (0)