होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

प्रशासनले धनकुटाका दुइ पालिकालाई गरायो सचेत

लेखक
PalikaNews
श्रेणी
समाचार
मिति
२०८२-१०-१७
हेरिएको
34 पटक


धनकुटा, माघ १७ गते । आचारसंहिता उल्लंघन भएको भन्दै धनकुटाका दुई स्थानीय तहलाई प्रशासनले सचेत गराएको छ । आचारसंहिता लागू भइसकेको वितरण सम्बन्धी कार्यक्रम आयोजना गरेका जिल्ला प्रशासन कार्यालय धनकुटाले सहिदभूमि र चौविसे गाउँपालिकालाई आचारसंहिता उल्लंघन नगर्न सचेत गराएको हो । 
आचारसंहिता लागू भएको समयमा जनप्रतिनिधिको उपस्थितिमा न्यानो कपडा तथा सामाजिक सुरक्षा भत्ताको रकम वितरण गरिएको भन्दै प्रशासनमा उजुरी परेको थियो । धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन अनुगमन अधिकृत लक्ष्मीप्रसाद रेग्मीले स्थानीय तहका विषयमा उजुरी प्राप्त भएको जानकारी दिँदै सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिलाई सचेत गराइएको जानकारी दिनुभयो ।
वितरण कार्यक्रम स्थानीय तहका नियमित कार्यक्रमअन्तर्गत रहे पनि आचारसंहिता लागू भइसकेकाले यस्ता कार्यक्रममा विषयगत शाखाका कर्मचारी मात्र उपस्थित गराउन निर्देशन दिइएको रेग्मीको भनाई छ ।  यसअघि पनि नेकपा एमालेका उम्मेदवार राजेन्द्र राईलाई आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्नय निर्वाचन अधिकृतको कार्यालययले सचेत गराइसकेको छ ।
 

प्रतिक्रियाहरू (0)