धनकुटा, माघ १८ गते । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले कोशी प्रदेशमा निर्वाचन सुरक्षा ‘थे्रट’ बढेको बताउनु भएको छ । धनकुटा सदरमुकामको बालमन्दिरले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पराजुलीले निर्वाचन नचाहने तथा नयाँ र पुरानाको नाममा भइरहेको निषेधको राजनितीले सुरक्षा थ्रेट बढाएको वताउनुभयो । कोशीमा निर्वाचन केन्द्रित बिषेश सुरक्षा रणनितीका साथ होसियारी पूर्वक काम भइरहेको समेत जनाउनु भयो । मन्त्री पराजुलीले निर्वाचन बहिष्कार गर्नेशक्तिहरु निर्वाचन नचाहने शक्तिहरुको यस्ता काममा बढि भूमिका रहेको उहाँको भनाई छ ।
निर्वाचन लक्षित सभा, भेटघाट, घरदैलो र सामाजिक संञ्जालमा समेत नयाँ र पुरानाका नाममा गैरराजनितिक र निषेधलाई बल पुग्ने गतिविधि भइरहेकोले त्यसले खतरा निम्तन सक्ने मन्त्री पराजुलीको बुझाइ छ ।
कोशी प्रदेशमा पनि बिषेश गरि झापा निर्वाचन क्षेत्र नम्वर २ र ५ मा सुरक्षाको जोखिम बिष्लेषण गरेर सोही अनुरुपको सुरक्षा व्यबस्थापन र तयारी प्रदेश सरकारले गरिरहेको जनाइएको छ । माघ ९ मा बसेको कोशी प्रदेश सुरक्षा समन्वय बैठक र १४ को राष्ट्रिय सुरक्षा परिषद्सँगको अन्तरक्रियामा पनि कोशी प्रदेशको निर्वाचन सुरक्षाको बिषयलाई आफूले गम्भीर रुपमा राखेको उहाँको भनाई छ ।
प्रतिक्रियाहरू (0)