होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

पाठेघरको क्यान्सरको जोखिम हटाउन स्क्रिनिङ गर्न आग्रह

लेखक
PalikaNews
श्रेणी
विविध
मिति
२०८२-१०-२३
हेरिएको
33 पटक

 

धनकुटा, माघ २३ गते । जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटाले पाठेघरको क्यान्सरको जोखिम हटाउन नियमित स्क्रिनिङ गर्न अनुरोध गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले विद्यालय केन्द्रित एचपिभी खोप सञ्चालन तथा पूर्ण खोप सुनिश्चितता र दिगोपन सम्बन्धी समीक्षा तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरी जानकारी दिएको हो ।  खोप लगाउने उमेर समूह १० वर्ष देखि १४ वर्षका किशोरीहरूलाई खोप लगाउन तथा सो बाहेक अन्य उमेर समूहका ५९ वर्ष सम्मका महिलालाई स्क्रिनिङ गर्न अनुरोध गरिएको हो । 

   नियमित स्क्रिनिङ गरेमा रोगको अवस्था पत्ता लगाउन सकिने र प्रत्येक ३–३ वर्षमा स्क्रिनिङ गर्नुपर्ने जनाइएको छ । धनकुटा जिल्लाका ६९ वटा स्वास्थ्य संस्थाबाट यो सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइँदै आएको जिल्ला जनस्वास्थ्य अधिकृत सिर्जना बन्जाडेले जानकारी दिनुभयो । उहाँका अनुसार धनकुटामा माघ २७ देखि २९ गते देखि  एचपिभी खोप अभियान सञ्चालन समेत हुने भएको छ । यो खोप पाठेघरको मुखको क्यान्सर विरुद्ध दिइने खोप हो । एचपिभी खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई दिइन्छ ।

     यो वर्ष १४१ वटा विद्यालयका १ हजार २ सय ५७ जना, विद्यालय बाहिर रहेका २ जना तथा गत वर्ष छुट भएका ५७ जना गरी कुल १ हजार २ सय ८६ जना किशोरीलाई खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । गत आर्थिक वर्षमा जिल्लाभर कुल ६ हजार ९ सय ११ जना किशोरीलाई एचपिभी खोप लगाइएको थियो । विशेष गरी कक्षा ६ मा अध्ययनरत किशोरीलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ । 


 

प्रतिक्रियाहरू (0)