होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

मञ्जुश्री सम्वत २८२६ ता ल्होसारको अबसरमा उत्तरपानीमा विविध सांस्कृतिक कार्यक्रम

लेखक
PalikaNews
श्रेणी
समाचार
मिति
२०८२-१०-२४
हेरिएको
35 पटक

धनकुटा, माघ २४ गते । मञ्जुश्री सम्बत २८२६ ता ल्हो सानाम ल्होछार आगमनको अबसरमा जिल्लाको उत्तरपानी बृहत शुभकामना आदाप्रदान तथा बृहत सांस्कृतीक कार्यक्रम आयोजना गरीएको छ । उत्तरपानी ल्होछार समितिको आयोजनामा स्थानीय कलाकारहरूको प्रस्तुति, परम्परागत नृत्य, झाँकी सांस्कृतिक झलक प्रस्तुत गरिएको थियो । नयाँ बर्षलाई स्वागत संगै कार्यक्रमले स्थानीय कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा टेवा पु¥याउने आयोजक संस्थाका अध्यक्ष गजम घिसिङले जानकारी दिनुभयो । यस्ता कार्यक्रमले समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक चेतना अभिवृद्धि हुने सहभागीहरूको भनाइ छ । कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो । मञ्जुश्री सम्बत २८२६ ता ल्हो सानाम ल्होछारलाई तामाङ समुदायले नयाँबर्षको रुपमा मनाउने गरेका छन् । यो बर्ष आगामी फागुन ५ गतेवाट नयाँ बर्ष लाग्ने जनाइएको छ । 

प्रतिक्रियाहरू (0)