होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

एन्फा निर्वाचन अनिश्चितकालसम्मका लागि स्थगित

लेखक
PalikaNews
श्रेणी
खेलकुद
मिति
२०८२-१०-०७
हेरिएको
45 पटक

अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी माघ २८ मा झापामा तय भएको केन्द्रीय कार्यसमितिको निर्वाचन स्थगित भएको छ।

एन्फाको निर्वाचन समितथिका सदस्य सचिव लोकेन्द्र ओलीले सूचना निकाल्दै निर्वाचन प्रक्रिया स्थगित गरेका हुन्। 

उनले जारी गरेको सूचनामा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८२/१०/०४ गते निर्वाचन सम्बन्धी प्रकृया यथास्थितिमा राख्नु भनि जारी भएको अन्तरिम आदेशको म्याद/सूचना मिति २०८२/१०/०६ मा निर्वाचन समितिलाई प्राप्त भएकाले मिति २०८२/१०/०६ गते देखिका निर्वाचन कार्यक्रम अर्को सूचना जारी नभएसम्मा लागि स्थगित गरिएको छ।’

यसअघि जिल्लादेखिको निर्वाचन नगरी एकैपटक केन्द्रीय समितिको निर्वाचन गर्न लागिएको भन्दै उच्च अदालत पाटनमा दुई वटा रिट परेको थियो। दुवै रिटमा अदालतले निर्वाचन प्रक्रिया यथास्थितिमा राख्नका लागि अन्तरिम आदेश दिएको थियो। 

प्रतिक्रियाहरू (0)