होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

उम्मेदवार घरदैलोदेखि फेसबुक लाइभसम्म

लेखक
PalikaNews
श्रेणी
राजनीति
मिति
२०८२-११-०६
हेरिएको
36 पटक

 

 

धनकुटा, फागुन ५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटाका उम्मेदवारहरूले प्रचार अभियान तीव्र बनाएका छन् । उनीहरूले घरदैलोदेखि सामाजिक सञ्जाल प्रयोगसम्मलाई प्रचारको माध्यम बनाएका छन् । नेकपा (एमाले) बाट राजेन्द्रकुमार राई, नेपाली काङ्ग्रेसबाट दिनेश राई, नेपाली कम्युनिस्ट पार्टीबाट धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिनेश भण्डारी, श्रम संस्कृति पार्टीबाट सानबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभत्सु थापा, स्वतन्त्र उम्मेदवार लाक्पा तामाङ लगायत १७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

      उम्मेदवारहरूको चुनावी एजेन्डामा गाँजा खेती वैधानिक, धरान–मुलघाट सुरुङ मार्ग निर्माण, विकासका पूर्वाधार विस्तार तथा भ्रष्टाचार नियन्त्रणजस्ता विषय समेटिएका छन् । काँग्रेस उम्मेदवार दिनेश राईले घरदैलोका साथै सामाजिक सञ्जाल प्रयोगलाई प्राथमिकता दिइरहनु भएको छ । उहाँ बिहान ७ बजे र साँझ ७ बजे फेसबुक लाइभमार्फत मतदाता र प्रयोगकर्तासँग संवाद गर्नु हुन्छ । फेसबुक लाइभमार्फत धेरैसँग साक्षात्कार गर्न सहज भएको उहाँको भनाई छ । 

       एमाले उम्मेदवार राजेन्द्रकुमार राई घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ । उहाँले टोली गठन गरेर घरदैलो कार्यक्रम सञ्चालन गर्दै तीन स्थानीय तहका सबै वडामा पुगिसकेको बताउनु भयो । माघ १५ गतेबाट सुरु भएको अभियान फागुन १६ सम्म जारी रहने उनले जनाउनु भयो । नेकपा उम्मेदवार धर्मराज पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश भण्डारी पनि घरदैलो अभियानमा छन् । भौगोलिक कठिनाइका कारण सबै घरमा पुग्न नसकिने भएकाले मुख्य चोक तथा बजार क्षेत्रमा मतदाता भेला गराएर आफ्नो एजेन्डा प्रस्तुत गर्दै मत माग्ने गरेको भण्डारीले जानकारी दिनुभयो । त्यस्तै आफ्ना एजेन्डा र बिचार सामाजिक संञ्जाद मार्फत पनि प्रवाह गरिरहेको उहाँको भनाई छ । 

       स्वतन्त्र उम्मेदवार लाक्पा तामाङले भ्रष्टाचार अन्त्यलाई प्रमुख चुनावी मुद्दा बनाउँदै मतदातासँग भेटघाट गरिरहेका छन् । उनले सामाजिक सञ्जालमार्फत पनि आफ्नो धारणा राख्दै जिल्लाका विभिन्न स्थानमा पुगेर मत मागिरहनु भएको छ ।

प्रतिक्रियाहरू (0)