धनकुटा, फागुन ३ गते । धनकुटामा दुई उम्मेदवार मात्र अहिले सम्म आफ्नो घोषणा पत्र ल्याएका छन् । हालसम्म नेपाली कम्युनिस्ट पार्टी र नेकपा माओवादीले पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरेका छन् । दुई दलका दुई उम्मेदवार बाहेक अधिकांश उम्मेदवारले घोषणा पत्र सार्वजनिक गरेका छैनन् ।
घोषणापत्र बिना नै नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टीका उम्मेदवार गाउँ गाउँमा पुगेर मतदातासँग मत मागिरहेका छन् । स्थानीय तह, जिल्ला र प्रदेश सभा र सङ्घीय निर्वाचन क्षेत्रमा भए गरेका काम र देशको विद्यमान अवस्थालाई ध्यानमा राखेर उम्मेदवार पहिलो चरणमा घोषणापत्रबिनै मत माग्दै गाउँ छिरेका हुन् ।
नेपाली काँग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले पार्टी अहिले घोषणापत्र निर्माणको चरणमा रहेको बताउँदै सुरुमा मतदातासँग भेट गर्न गाउँ पसेको बताउनु भयो । केही दिनभित्र सार्वजनिक गर्ने तयार गरिने उहाँको भनाई छ । नेकपा एमाले घोषणापत्रको तयारी गरिरहेको प्रचार विभाग प्रमुख रविन कटलेले जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाका सभापति बालानन्द दाहालले तयारीमा रहेको बताउँदै केन्द्रको आएपछि सार्वजनिक गर्ने बताउनुभयो । धनकुटामा यो निर्वाचनको लागि १७ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
प्रतिक्रियाहरू (0)