होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

धनकुटा आइपुग्यो मत पत्र

लेखक
PalikaNews
श्रेणी
समाचार
मिति
२०८२-११-०८
हेरिएको
22 पटक



धनकुटा, फागुन ८ गते । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी आवश्यक पर्ने मतपत्र सहितका सम्पूर्ण सामाग्री धनकुटा आइपुगेको छ । शुक्रवार मतपत्र आइपुगे सँगै निर्वाचनको लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्री आइपुगेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाका अनुसार धनकुटाको लागि एक लाख २७ हजार थान र समानुपातिकतर्फको एक लाख ३२ हजार थान मतपत्र आइपुगेको हो । नेपाली सेनाको सहयोगमा ल्याइएको मतपत्र मिलाएर राख्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले जानकारी दिनुभयो । त्यस्तै सबै मतपत्र रुजु गरेर तयारी अवस्थामा राख्ने उहाँको भनाई छ । निर्वाचनकाे आवश्यक पर्ने अन्य सामाग्री  यस अघिनै आइसकेकाे छ । त्यस्तै तेर्हथुममा पनि आजै मतपत्र पुगेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यलय तेर्हथुमले जनाएकाे छ । 

प्रतिक्रियाहरू (0)