होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

धनकुटामा हाईस दुर्घटना ७ जना घाइते

लेखक
PalikaNews
श्रेणी
विविध
मिति
२०८२-११-०९
हेरिएको
29 पटक


धनकुटा, फागुन ९ गते । धनकुटा नगरपालिका–१ निगालेस्थित कोशी लोकमार्गमा आज साँझ हाईस गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । काठमाडौंबाट हिले तर्फ आउँदै गरेको ग २ ख १९५७ नम्बरको हाईस आफैं अनियन्त्रित भई सडकबाट करिब १० फिट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
दुर्घटनामा धनकुटा नगरपालिका–१ बस्ने ३६ वर्षीय रामचन्द्र तामाङको टाउकोमा चोट लागेको छ ।  जिल्ला अस्पताल धनकुटामा सामान्य उपचारपछि थप उपचारका लागि धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा रेफर गरिएको छ । यस्तै, पाख्रीबास नगरपालिका–६ का  डिकबहादुर मगर, धनकुटा नगरपालिका वडा नम्बर १ हिलेका अभिषेक मगरको टाउकोमा सामान्य चोट लागेको छ । त्यस्तै हिलेकै ३५ युमेश विक उहाकी १३ वर्षीया छोरी निष्मा विक र श्रीमती कल्पना विक घाइते हुनुभएको छ । पाख्रीबास नगरपालिका–२ बस्ने ४० वर्षीय झमकबहादुर आलेको अनुहारमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यलय धनकुटाका सुचना अधिकारी डिएस्पी ज्ञान कुमार महत्तोले जानकारी दिनुभयो । 
घाइतेमध्ये छ जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । गाडी चालक जिल्ला हुम्ला घर भई हाल काठमाडौं महानगरपालिका–९ एकान्तकुना बस्ने ३९ वर्षीय विजय कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रियाहरू (0)