होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

प्रहरी र न्यु डायमन्ड उपाधिका लागि भिड्ने

लेखक
PalikaNews
श्रेणी
खेलकुद
मिति
२०८२-१०-०७
हेरिएको
41 पटक

नेपाल प्रहरी र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।

४ टिम सहभागी राउन्ड रोविन लिगमा लगातार दोश्रो जित निकाल्दै दुवै टोली एक खेल अगावै फाइनलमा पुगेका हुन् । दुवैले आ–आफ्नो प्रतिद्वन्द्वीलाई समान ३–२ ले पराजित गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो खेलमा प्रहरीले नेपाल आर्मीलाई २०–२५, २५–१९, २४–२६, २५–२० र १५–११ ले पराजित गर्यो।

अर्को खेलमा न्यु डायमन्डले एपीएफ क्लबलाई २५–१६, २५–२१, १९–२५, १९–२५ र १५–७ ले हरायो । लगातार दोश्रो पराजयसंगै आर्मी र एपीएफ उपाधि होडबाट बाहिरिएका हुन्।

यसअघि प्रहरीले एपीएफलाई ३–० तथा न्यु डायमन्डले आर्मीलाई ३–० ले पाखा लगाएका थिए ।
पहिलो खेलमा प्रहरीकी उषा भण्डारी र दोश्रोमा न्यु डायमन्डकी सलिना बुढा मगर ‘प्लेयर अफ दि म्याच’ बन्दै समान १५–१५ हजार नगदबाट पुरस्कृत भए ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजना तथा बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा शुक्रबार २ खेल हुनेछ । पहिलो खेल न्यु डायमन्ड र प्रहरीबीच हुनेछ । यो खेल नै राउन्ड रोविन लिगमा शीर्ष स्थानमा रहने टोलीको टुंगो लगाउने छ । दोश्रो खेलमा एपीएफले आर्मी विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रियाहरू (0)