होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

पत्रकारलाइ आचारसंहिता तालिम

लेखक
PalikaNews
श्रेणी
विविध
मिति
२०८२-११-१३
हेरिएको
26 पटक

धनकुटा, फागुन १३ गते । आगामी फागुन २१ को निर्वाचनका लागि धनकुटामा पत्रकारलाई निर्वाचन आचारसंहिता सम्बन्धी तालिम दिइएको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आयोजना र महासंघ कोशी प्रदेशको सहकार्यमा दिइएको तालिममा कस्ता किसिमका समाचार सामग्री तयार गर्ने, निर्वाचन आचारसंहिताको पालना भए नभएको, उम्मेदवारहरूको प्रोफाइल लगायतका विषयमा छलफल गरिएको थियो ।
    आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा भएको तालिममा चुनावी खर्चमा हुने पारदर्शिता, भोजभतेर, चुनावी खर्चको प्राप्ति, सरकारी स्रोतको दुरुपयोग, दल र उम्मेदवारको घोषणापत्रको समीक्षा लगायतका विषयलाई समाचारमा उल्लेख गर्न सकिने विषयमा छलफल गरिएको छ । सबैले पालना गर्नुपर्ने तथा सञ्चारमाध्यम र सञ्चारकर्मीले पालना गर्ने आचारसंहिताका विषयमा निर्वाचन अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँले आचारसंहिता नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, सार्वजनिक संस्था तथा राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूमा लागू हुने जानकारी दिनुभयो ।
    त्यस्तै जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख माधब प्रसाद अधिकारीले आयोगले निर्वाचनको सन्दर्भमा “दुष्प्रचार” नगर्न पनि सचेत गराएको जानकारी गराउनु भयो । गलत, भ्रामक वा जानाजानी हानि पु¥याउने उद्देश्यले सूचना सम्प्रेषण गर्नेलाई दुष्प्रचार मानिने र निर्वाचन सम्बन्धी सत्य तथ्यमा आधारित समाचार तथा रिपोर्टिङलाई दुष्प्रचार नमानिने उहाले जानकारी दिनुभयो ।
 

प्रतिक्रियाहरू (0)