राई द्वारा धनकुटामा मुद्दा सदनमा पुर्याउने बाचा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटा जिल्ला कमिटीले हालै सम्पन्न उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन सहयोग गर्ने मतदाता तथा सम्पूर्ण सरोकारवालालाई धन्यवाद व्यक्त गरेको छ।
एमाले धनकुटाले पत्रकार सम्मेलन गरि धन्यबाद ब्याक्त गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै बिजयी उमेद्वार राजेन्द्र राइले योपटक धनकुटेलीका समस्या सदनमा बोल्ने बताउनु भयो । धनकुटाको बादर नियन्त्रण, सुरुङ मार्ग, कृषि, रोजगार, स्वास्थ्य, शिक्षा मुख्य प्राथमिकता राखेको बताउनु भयो ।
पार्टीका उम्मेदवारलाई मतदान गरी विजयी गराउने मतदाता तथा निर्वाचन प्रक्रियालाई व्यवस्थित, शान्तिपूर्ण र मर्यादित बनाउन भूमिका निर्वाह गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासन, कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक, सञ्चारकर्मी लगायत सबैलाई धन्यवाद दिइएको छ।
एमाले जिल्ला कमिटी अध्यक्ष शिव आङ्लाले मतदाताले व्यक्त गरेको विश्वास र भरोसालाई सधैं शिरोपर गरी विकास र समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रियाहरू (0)