भारतीय ब्याटर विराट कोहलीले ८५औं अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन्।
आइतबार राति न्युजिल्यान्डविरूद्धको तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा कोहलीले लक्ष्य पछ्याउने क्रममा १२४ रन प्रहार गरे।
कोहलीको यो एकदिवसीय खेलमा ५४औं शतक हो। कोहलीले टेस्ट खेलमा ३० र टी-२० अन्तर्राष्ट्रिय खेलमा एक शतक प्रहार गर्दा आफ्नो कुल अन्तर्राष्ट्रिय शतक संख्या ८५ पुर्याएका छन्।
सचिन तेन्दुल्करपछि (सय शतक) उनी सर्वाधिक अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने ब्याटर हुन्।
आइतबार इन्दोरमा शतक प्रहार गरेसँगै विराटनले ३५औं मैदानमा शतक प्रहार गर्ने रेकर्ड बनाए। यसअघि उनले सचिनको नाममा रहेको ३४ मैदानको कीर्तिमानलाई पछि पारे।
प्रतिक्रियाहरू (0)