होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

निर्वाचन प्रहरी भन्छन् अवको पाइला उद्यम तर्फ

लेखक
PalikaNews
श्रेणी
समाचार
मिति
२०८२-११-२९
हेरिएको
9 पटक


धनकुटा, फागुन २७ गते । धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर पाँचका कमल बहादुर बस्नेत निर्वाचन सफल बनाउन गत मागमा निर्वाचन प्रहरीमा भर्ना हुनु भयो । उहाँ ४० दिन निर्वाचन प्रहरीको रूपमा काम गर्ने अनि घर फर्किएर विदेश जाने तरखरमा हुनुहुन्थ्यो । तर अब उहाँ देशमा देशमै केही उद्यम गर्ने सोच आएको छ । “अब विदेश हैन देशमै  केही गर्ने ऊर्जा आएको छ अब उद्यममा जोडिने हो” बस्नेत भन्नु हुन्छ । धनकुटा चौबिसेका नवीन चेम्जोङ पनि निर्वाचन प्रहरीमा भर्ती भएपछि आफ्नो सोच बदलिएको बताउनु हुन्छ । छोटो समयको कमाइ भनेर निर्वाचन प्रहरीमा भर्ना भएको तर अहिले उद्यम गर्नु पर्छ भन्ने कुरा सिकिएको उहाँको भनाई छ । “छोटो समयमा कमाइ हुने भएकाले निर्वाचन प्रहरीमा भर्ती भइयो पछि के गर्ने कुनै तयारी थिएन तर अब केही राम्रै उद्यम गर्ने हो” ।  
   जिल्ला प्रशासन कार्यालय धनकुटाले निर्वाचन प्रहरीलाई उद्यम तथा रोजगार सँग जोड्ने उद्देश्यले उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन कार्यक्रम आयोजना गरे पछि अहिले धरै निर्वाचन प्रहरीको मन परिवर्तन भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले बिहीबार निर्वाचनमा खटिएका ९८९ जनपथ तर्फका र ९६ जना सशस्त्र तर्फका निर्वाचन प्रहरीलाई रोजगार सँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 
    प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले म्यादी प्रहरीलाई खाली हात घर फर्काउनुभन्दा उनीहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने सीप सिकाएर पठाउने उद्देश्यले यस्तो पहल गरिएको बताउनु भयो । उहाँका अनुसार उत्तरपानी स्थित प्राविधिक शिक्षालय तथा घरेलु कार्यालयसँग छलफल गरी प्रहरीको चाहना अनुसार  तालिम सञ्चालन गर्न कार्यक्रमको आयोजना गरिएको हो । तालिममार्फत सहभागीहरूलाई घरेलु उद्यमका सम्भावना, उद्योग स्थापना प्रक्रिया, लगानी व्यवस्थापन तथा व्यवसाय सञ्चालनका मोडेलबारे पनि जानकारी दिइएको छ । बैङ्क तथा वित्तीय संस्थासँग सहकार्य गरी तालिम प्राप्त निर्वाचन प्रहरीलाई सहुलियतपूर्ण घरेलु उद्यम कर्जासँग जोड्ने तयारी समेत गरिएको उहाँको भनाई छ । अव उनीहरूलाई उनीहरूकै मागको आधारमा तालिम दिने तथा सम्बन्धित पालिकाहरूमा बुझेर आफूलाई आवश्यक पर्ने तालिम लिन उत्प्रेरण गरिएको उहाँको भनाई छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, घरेलु तथा साना उद्योग कार्यालय कृषि ज्ञान केन्द्र, पशुबिज्ञ सेवा केन्द्र धनकुटा नगरपालिका लगायतका विभिन्न कार्यालयका प्रतिनिधिले निर्वाचन प्रहरीलाई आफ्नो कार्यालयले गरी रहेका काम तथा अब गर्न सकिने काम तथा दिन सकिने तालिमको बारेमा जानकारी गराएका थिए । कृषिमा के के गर्न सकिन्छ कसरी गर्ने र कृषिको बारेमा जानकारी कहाँ कहाँ वाट लिन सकिन्छ भन्ने बारेमा जानकारी दिएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना बताउनु हुन्छ । 
      उनीहरूलाई होटेल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिक, फर्निचर तथा मुडा बनाउने, सिलाइ–कटाइजस्ता तालिम सञ्चालन गर्ने तयारी गरिएको हो । त्यस्तै मोबाइल तथा मोटरसाइकल मर्मत, वेल्डिङ, घर पेन्टिङ, सैलुन सेवा जस्ता प्राविधिक कामको लागि समेत माग भए तालिम दिने घरेलु कार्यालय धनकुटाका प्रतिनिधि विकास कार्कीले जानकारी दिनुभयो । त्यस्तै कृषि तथा पशुपालनतर्फ पनि निर्वाचन सुरक्षा प्रहरीलाई आकर्षित गर्ने योजना बनाइएको छ । 
नगरपालिकामा धेरै तालिमका अवसर आउने र रोजगार सँग जोड्न सकिने भएकाले धेरै निर्वाचन प्रहरीलाई आफुहरुले सो को बारेमा जानकारी दिइरहेको धनकुटाका नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारी बताउनु हुन्छ । 
 

प्रतिक्रियाहरू (0)