होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

साँगुरीगढी गाउँपालिका उपाध्यक्ष राई निलम्बित

लेखक
PalikaNews
श्रेणी
समाचार
मिति
२०८२-११-२९
हेरिएको
10 पटक


नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निलम्बन गरेको छ । पार्टी गतिविधि विपरीत काम गरेको आरोप लगाउँदै मंगलबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले उहाँलाई निलम्बन गर्ने निर्णय गरेको नेकपा एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले जानकारी दिनुभयो ।
  उहाँका अनुसार जिल्ला कमिटी बैठकमा विषय उठेपछि उपाध्यक्ष राईमाथि निलम्बनको कारबाही गरिएको हो । राई साँगुरीगढी गाउँपालिकाकी निर्वाचित उपाध्यक्ष हुनुहुन्छ । त्यसैगरी बैठकले प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टीविरुद्ध अन्तरघात गरेको आरोप लागेका कार्यकर्तामाथि कारबाही गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । भीम राईको संयोजकत्वमा गठन गरिएको समितिमा हिमादेवी भट्टराई र एम.पी. उपाध्याय सदस्य रहेका छन् ।
   यता आफूलाई गरिएको भनिएको कारबाहीबारे प्रतिक्रिया दिँदै साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईले हालसम्म औपचारिक जानकारी प्राप्त नभएको बताउनुभयो । उहाले विगतदेखि आफूलाई कारबाहीको नाममा दबाब दिने प्रयास भइरहेको बताउँदै यदि कारबाही भएको हो भने त्यसलाई स्वाभाविक रूपमा लिने प्रतिक्रिया दिनुभयो ।

 

प्रतिक्रियाहरू (0)