धनकुटा, फागुन ३० गते । धनकुटा नगरपालिका वडा नम्बर १० मा रहेको श्री जनकल्याण माध्यमिक विद्यालयले आफ्नो ६३ औ वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । २०१९ सालमा स्थापना भएको सो विद्यालयले ६३ वर्ष पछि पहिलो पटक वार्षिक उत्सव मनाएको हो । सो अवसरमा विद्यालयले २०५३ साल यता कक्षा दशमा प्रथम हुने सम्पूर्ण पूर्व विद्यार्थीलाई सम्मान गरेको छ । त्यस्तै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा पूर्व प्रधानाध्यापक लगायतलाई पनि सम्मान गरेको विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । विद्यालयमा विभिन्न अक्षयकोष स्थापना तथा विद्यार्थीलाई छात्रवृत्ति समेत वितरण गरिएको छ । विद्यालयले पहिलो पटक पूर्व विद्यार्थी समिति समेत गठन गरेको छ ।
कार्यक्रममा विद्यालयलाई विभिन्न क्षेत्रमा सहयोग पु¥याउने फ्रान्सेली संस्था टुगेदर फ्रान्स नेपालका प्रतिनिधिलाई समेत सम्मान गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको विभिन्न खेलकुदका विजेतालाई पुरस्कृत गरिएको विद्यालयका सहायक प्रधानाध्यापक भेसराज खत्रीले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयका विद्यार्थी अभिभावक, पुर्वविद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रियाहरू (0)