धनकुटा, चैत ५ गते । गत शुक्रवार वाट बन्द रहेको भेडेटार राजारानी रविराके सडक बुधवारवाट एकतर्फि रुपमा सञ्चालनमा आएको छ । सुख्खा पहिराको निरन्तर झरेका कारण भेडोटार थुम्की खण्डमा पर्ने लभडाँडामा सडक अबरुद्ध भएको थियो । यो स्थान भेडेटारवाट करीब अढाइ किलो मिटरको दुरीमा रहेको छ । करीव एक सय मिटर क्षेत्रमा पहिरो झरेर सडक अबरुद्ध भएको थियो । पाँच दिनको निरन्तर प्रयास पछि पहिरो हटाएर सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी डिएस्पी ज्ञान कुमार महतोले जानकारी दिनुभयो । उहाँको अनुसार नेपाल प्रहरी र सडक निर्माण गरीरहेको APCO INFRATECH कम्पनीले सडक खुलाएको हो । निर्माणधिन सडकको माथिल्लो क्षेत्रमा गरीएको कटिङ गरीएको स्थानवाटै निरन्तर पहिरो झर्दा सडक पुर्णरुपमा ठप्प भएको थियो । सडक सञ्चालनमा आएपछि धनकुटाको चौबिसे गाउँपालिकाको माथिल्लो क्षेत्र तथा पाँचथरको पश्चिमी भागको माथिल्लो क्षेत्रका तर्फ यातायात सञ्चालनमा आएका साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो । धनकुटाको भेडेटार वाट पाँचथरको राके सम्म डाँडैडाँडा एक्जीन बैक अफ इन्डीयाको सहयोगमा सम्म १ सय ३ किलो मिटर सडक निर्माण भइरहेको छ ।
प्रतिक्रियाहरू (0)