होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

पर्यटक आकर्षित गर्न सिंहदेवी मन्दिरलाई नयाँरुप

लेखक
PalikaNews
श्रेणी
समाचार
मिति
२०८२-१२-०५
हेरिएको
20 पटक

धनकुटा, चैत ५ गते । धार्मिक पर्यटक आकर्षित गर्ने उद्देश्यले धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ६ मा रहेको सिंहदेवी मन्दिरलाई नयाँ रुप दिइएको छ । गुमनाम अबस्थामा सिधुवा बजार नजिकै कोसी राजमार्ग सँगै रहेको यो मन्दिरलाई स्थानीय युवाहरूको सक्रियतामा नयाँरुप दिन लागिएको हो ।  करिब दुई रोपनी क्षेत्रफलमा छरपस्ट रूपमा रहेका ढुङ्गाहरूमा विभिन्न आकृति दिएको हो । शिव भगवान्, बुद्ध भगवान्, जरायो, ओमकार, आदिको आकृति कोरिएको छ । त्यस्तै पार्वती सहित विभिन्न हिमाल लगायतको कलाकृति कोर्ने निर्माण समितिका अध्यक्ष मीन बहादुर थापाले जानकारी दिनुभयो  ।
    तिहारमा देउसी भैलो खेली सङ्कलन गरेको रकम, छथरजोरपाटी गाउँपालिका वडा नम्बर ६ वडा कार्यालय सहित स्थानीय तथा विभिन्न स्थानमा बसोबास गर्नुहुने ब्याक्तिको सहयोगमा निर्माण गर्न लागिएको हो । हाल सम्म दुई लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको थापाको भनाई छ । नयाँ वर्ष भन्दा अघि नै निर्माण सम्पन्न गरी सक्ने सो मन्दिरको सम्पूर्ण काम सक्दा करिब पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यो कार्यले मन्दिरको प्रचारप्रसार सँगै धार्मिक पर्यटकलाई आकर्षित गर्ने वडाध्यक्ष दीपक गुरुङले जानकारी दिनुभयो । पहिले देखिनै मन्दिर रहेको सो स्थानमा कसैको ध्यान नपुग्दा मन्दिर ओझेलमा रहेको थियो ।

प्रतिक्रियाहरू (0)