होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

पहिरोले सडक अवरुद्ध, पहिरो बीचमा फसेको ट्रक चालकको उद्धार

लेखक
PalikaNews
श्रेणी
समाचार
मिति
२०८२-१२-०७
हेरिएको
20 पटक

पहिरोले सडक अवरुद्ध, पहिरो बीचमा फसेको ट्रक चालकको उद्धार
कविराज घिमिरे, हिले समाचारदाता

धनकटा, चैत ७ गते । अविरल वर्षाका कारण जिल्लाको साँगुरीगढी गाउँपालिका–६ थुम्कीस्थित निर्माणाधीन रवि–राँके–भेडेटार सडक खण्डमा पहिरो खस्दा सडक दुवै तर्फ अवरुद्ध भएको छ।
शनिवार करिब १६:३० बजेको समयमा माथिबाट आएको पहिरोका कारण भेडेटारबाट डाँडा बजारतर्फ जाँदै गरेको को १ क ३३०९ नम्बरको मिनी ट्रक पहिरोको बिचमै फसेको थियो । फसेको ट्रक र चालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ज्ञान कुमार महतोले जानकारी दिनु भयो ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–१ बस्ने २२ वर्षीय चालक योगेश गौतमले चलाएको खाली ट्रक पहिरोको बिच भागमा फसेको थियो ।
    घटनास्थलमा अझै माथिबाट पहिरो खसिरहेकाले जोखिम कायम रहेको छ। इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले ट्रक निकाल्ने तथा सडक खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यता  स्थानीय प्रशासनले सो सडक खण्ड प्रयोग नगर्न र सुरक्षित वैकल्पिक मार्ग अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रियाहरू (0)