धनकुटा, चैत ७ गते । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. ३ ढोडे स्थित भित्री सडक खण्डमा पिकअप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । शनिबार दिउसो गुर्धुमबाट पञ्चकन्या तर्फ जाँदै गरेको को १ ज २२९५ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटना परि घाइते हुनेहरूमा चालक सहिदभूमि–१ बस्ने २१ वर्षीय पूर्ण राई, ३५ वर्षीया मिना तामाङ, १६ वर्षीय अबिन राई, अमित राई रहनु भएको छ । घाइते मध्ये तीन जनाको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोपामा उपचार भैरहेको र एक जनाको स्थानिय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाको सुचना अधिकारी डिएसपी ज्ञान कुमार महतोले जानकारी दिनु भयो । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रियाहरू (0)