होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

पहिरोले अवरुद्ध सडक पुन सुचारु

लेखक
PalikaNews
श्रेणी
समाचार
मिति
२०८२-१२-०८
हेरिएको
16 पटक

धनकुटा, चैत ८ गते । शनिवार साँझबाट अवरुद्ध रवि–राँके–भेडेटार सडक खण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ थुम्कीमा शनिवार साँझ पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय भेडेटार तथा निर्माणाधीन सडकको ठेकेदार कम्पनीले अवरोध हटाएर सडक सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सडक कटिङ गरिएको स्थान भिरालो भएकाले माथिबाट निरन्तर पहिरो झरिरहँदा सडक पटक पटक अवरुद्ध हुने गरेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो । यो सडक धनकुटाको साँगुरीगढी, चौबिसे तथा पाँचथर पश्चिम दक्षिणी क्षेत्रका बासिन्दाको धरान सहित तराई क्षेत्र आवतजावत गर्ने मुख्य मार्ग हो ।  

प्रतिक्रियाहरू (0)