न्युरोड टिम (एनआरटी) ले राष्ट्रिय लिग २०८२ मा सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ।
दशरथ रंगशालामा भएको खेलमा उसले ३-१ गोलको जित निकालेको हो।
एनआरटीका लागि विज्ञान खड्काले दुई गोल गरे। उनले सातौं र ९०+३ मिनेटमा गोल गरेका थिए।
यस्तै टिमोथीले १७ मिनेटमा एक गोल गरेका थिए। सातदोबाटोका लागि फोडे फोफनाले ३२ मिनेटमा गोल फर्काएका थिए।
प्रतिक्रियाहरू (0)