होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

रामनवमी कप भलिवलको तयारी पुरा, नौ टोली सहभागी हुने

लेखक
PalikaNews
श्रेणी
खेलकुद
मिति
२०८२-१२-०९
हेरिएको
14 पटक


   मंगलवार वाट धनुकुटाको हिलेमा सुरु हुन लागेको १८ औ संस्करणको रामनवमी कप भलिबल प्रतियोगिताको सबै तयारी पुरा भएको छ । खेलमैदान ब्यबस्थापन, खेलाडी, रेफ्री ब्यबस्थापन लगायतका सबै तयारी पुरा भएको आयोजक हिले भलिबल क्लवले जनाएको छ ।
    प्रतियोगितामा पुर्वका बिभिन्न नौ पालिकाले सहभागिता जनाउने भएका छन् ।  धनकुटाका पाख्रिवास नगरपालिका र महालक्ष्मी नगरपालिका, भोजपुरको आमचोक, अरुण, राम प्रसाद राई, हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिका, संखुवासभाको सभापोखरी गाउँपालिका  गाउँपालिका तथा झापाको कन्काई नगरपालिकाको टिम रहेका क्लवका अध्यक्ष संजिव तामाङले जानकारी दिनुभयो ।
   प्रतियोगितामा विजेता टोलीले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता अन्तरगत फाइनल खेल रामनवमी अर्थात १३ गते हुने छ ।  धनकुटा नगरपालिका, वडा कार्यालय तथा बिभिन्न संघ सस्था तथा ब्याक्तिगत सहयोग संकलन गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो । हिलेमा रामनवमीमा २०५५ सालवाट भलिवल प्रतियोगिता सञ्चालन हुदै आएको छ । 
 

प्रतिक्रियाहरू (0)